आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी

१५ वैशाख, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहिबार भोली बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । यस्तै औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
 

प्रतिकृया दिनुहोस