रा.ज.मु. तिलाेत्तमा नगर समिति वडा नं १३ काे साताैं अधिवेशन सम्पन्न
राष्ट्रिय जनमुक्ति पार्टी तिलाेत्तमा नगर समिति वडा नं १३ काे साताैं अधिवेशन सम्पन्न भएको छ । जसकाे अध्यक्षमा ओम राना, वरिष्ठ उपाध्यक्षमा राधा गुरुङ , उपाध्यक्षमा माया पुन, सचिवमा गगन थापा, काेषाध्यक्षमा कर्ण बहादुर पुन चयन हुनु भएको छ । यसैगरि किरण हरिजन, माया राना, रत्ना थापा, गाेमा गाहा, तेजबहादुर गुरुङ, माया चाैहान, सावित्रा खाम्चामगर, भिम माया मगर र विष्णु थापा मगर सदस्यमा चयन हुनु भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषद सदस्य अशाेक पुनले नवनिर्वाचित अध्यक्ष रानालाइ माइन्युट हस्तान्तरण गर्दै सफल कार्यकालकाे शुभकामना दिनुभयाे । यसैगरि कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका थिए । उनिहरुलाई सम्मानका साथ पार्टी प्रवेश गरेका थिए ।
जसमा वडा समितिका काेषाध्यक्ष कर्ण बहादुर पुन, संघिय महासभा सदस्य पुर्ण वहादुर खाम्चा, हरि दर्लामि, राधा गुरुङ काे सिफारिसमा पार्टी प्रवेश गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष हाजि डा. माेहम्मद हसन , विशिष्ट अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष भिमबहादुर राना रहनु भएको थियोे । यसैगरी अतिथिहरुमा पार्टीका संघिय परिषद सचिव माेजिव अलि, पार्टीका अनुगमन तथा मूल्यांकन समितिका तारा बलाल, , पार्टीका संघिय महासभा सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज नरजंग गुरुङ , पार्टीका लुम्बिनी प्रदेश परिचालन समिति अध्यक्ष झम बहादुर गुरुङ , पार्टीका संघिय महासभा सदस्य उमा राना , नन्द प्रसाद गुरुङ , पार्टीका वडा नं १३ का निवर्तमान अध्यक्ष गाेविन्द बहादुर दगामि, , पार्टीका रुपन्देही जिल्ला सचिव भाेमबहादुर बुढा मगर, रुपन्देही निर्वाचन क्षेत्र नं ३ क्षेत्रिय अध्यक्ष हरि वहादुर दर्लामि, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, पार्टिका तिलाेत्तमा नगर समिति अध्यक्ष राधिका श्रीस, लगायत वडा का प्रतिनिधि तथा सदस्य लगायतकाे उपस्थित रहेकाे थियोे ।







प्रतिकृया दिनुहोस