आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

लायन्स इन्टरनेशनल डिष्टिक ३२५– एस द्वारा सामुदायिक विद्यालयका विद्यार्थीका लागि निशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सुरु

निशुल्क आँखा परीक्षण तथा चश्मा वितरण

 

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि वृहत् आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम आजबाट सुरु भएको छ।कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल, डिष्टिक ३२५ एस, नेपाल (LY 2025-26) ले गरेको हो।कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र रहेका १५ ओटा  सामुदायिक विद्यालयका ९००० (नौ हजार )  विद्यार्थीशिक्षकहरुको   आँखा परीक्षण गरिनेछ। दृष्टिदोष भएका विद्यार्थीहरूलाई निःशुल्क चश्मा वितरण गरिने र आवश्यक परे विशेषज्ञ चिकित्सकको सिफारिसमा अस्पतालमा रिफर गरिनेछ।

 

यस अभियानमा बी.पी. कोईराला लायन्स नेत्र अध्ययन केन्द्र, महाराजगञ्ज ले प्राविधिक सहयोग प्रदान गरेको छ भने कागेश्वरी मनोहरा नगरपालिका ले कार्यक्रमको समन्वय र स्थानीय व्यवस्थापन जिम्मेवारी लिएको छ।कार्यक्रमको उद्घाटन  आनन्दभैरव माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा–७, मूलपानी मा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र लायन्स इन्टरनेशनल डिष्टिक ३२५–एस, नेपालका डिष्टिक गर्भनर विनय बस्नेत बाट संयुक्त रुपमा  आज (नोभेम्बर ७, २०२५ / कात्तिक २१, २०८२) सम्पन्न भएको हो।

 

बी.पी. कोईराला लायन्स नेत्र अध्ययन केन्द्रका प्रमुख प्रा. डा. सगुननारायण  जोशी, लायन्स इन्टरनेशनल डिष्टिक ३२५–एस, नेपालका डिष्टिक गर्भनर विनय बस्नेत, तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुबेदी  बीच तीन पक्षीय सम्झौता हस्ताक्षर गरिएको छ।कार्यक्रममार्फत विद्यार्थीहरूको दृष्टि स्वास्थ्य सम्बन्धी सचेतना, प्रारम्भिक जाँच, उपचार तथा आवश्यक सहयोगको व्यवस्था गरिनेछ। लायन्स इन्टरनेशनल डिष्टिक ३२५–एस ले “साना काम, ठूलो प्रभाव (Small Act, Significant Difference)” भन्ने नारा सहित सामुदायिक स्वास्थ्य सेवामा निरन्तर योगदान दिँदै आएको छ।

प्रतिकृया दिनुहोस