बुटवलमा ‘Sapporo Japanese Language School’को नयाँ शाखा उद्घाटन
‘Sapporo Japanese Language School
जापानी भाषा तथा संस्कृति अध्ययनका क्षेत्रमा अग्रणी ‘Sapporo Japanese Language School’ ले बुटवलमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ। शनिबार एक विशेष समारोहका बीच यो शाखाको औपचारिक उद्घाटन गरिएको हो।
जापानी भाषा सिक्न इच्छुक विद्यार्थीहरूका लागि गुणस्तरीय र व्यवस्थित शिक्षाको लक्ष्यका साथ स्थापना गरिएको यो शाखा जापानमा अध्ययन र रोजगारीका अवसर खोज्ने युवाहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा संस्थाका निर्देशकहरूले नेपालका युवाहरूमा जापानी भाषा र संस्कृतिप्रतिको चासो बढ्दो रहेको बताउँदै, बुटवल शाखाले यस क्षेत्रमा अध्ययन, तालिम र अवसरका हिसाबले नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।
संस्थाका अनुसार, Sapporo Japanese Language School मा JFT Basic, SSW classes, र JLPT तयारीका सबै तहका कक्षा सञ्चालन गरिनेछन्। साथै विद्यार्थीहरूलाई जापानी संस्कृतिसँग सम्बन्धित व्यवहारिक ज्ञान र संवाद अभ्यासमा पनि विशेष ध्यान दिइनेछ।
उद्घाटन कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले बुटवलमा यस्तो संस्थाको स्थापना हुनुले स्थानीय विद्यार्थीहरूका लागि जापानमा अध्ययन तथा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे।
संस्थाले आगामी सत्रदेखि उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
Sapporo Japanese Language School ले यसअघि पनि जापानी भाषा शिक्षामा आफ्नो प्रभावशाली योगदान दिंदै आएको छ, र बुटवल शाखाको सुरुवातले यो सफलताको दायरालाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ






प्रतिकृया दिनुहोस