नेपालमा कोरोनाको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गयो
चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि
१४ बैशाख , काठमाडौ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ । यस्तै थप पाँच सय ५५ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार पाँच सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार दुई सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







प्रतिकृया दिनुहोस