धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान
११ बैशाख, रुपन्देही ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ । आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो। २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी धरहरासंगै रमिला पनि ढलेकी थिईन। यस्तै, धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र बितरण गर्नुभएकोे छ । यसअघि प्रधानमन्त्री ओलीले २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टि गर्दै धरहराको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु–स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।







प्रतिकृया दिनुहोस