ऐतिहासिक धरहराको ११ बजे उद्घाटन गरिदै
११ बैशाख , काठमाडौं ।
ऐतिहासिक धरहराको आज उद्घाटन हुदैछ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम गरिएको छ ।
पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने तयारी गरिएको छ। यो निर्माण भइरहेको धरहरा संरचना पूरा काम सम्पन्न नभएकाले नागरिकका लागि खुला हुन भने आउँदो मङ्सिरसम्म लाग्ने आयोजना व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।
कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो । २२ तला धरहरा पहिलाको धरहराको शैलीमा बनेको हो । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ ।







प्रतिकृया दिनुहोस