नेकपा (एमाले)का नेता थापा पुनः गृह मन्त्रीमा नियुक्त
५ बैशाख, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृह मन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ। राष्ट्रिय सभा सदस्य पदमुक्त भएसँगै गृह मन्त्री पदबाट समेत मुक्त हुनुभएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले त्यही पदमा पुनः नियुक्त गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट २०७४ को राष्ट्रिय सभा सदस्य चुनावमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रिय सभा सदस्यबाट मुक्त गरिएको थियो ।







प्रतिकृया दिनुहोस