गृहमन्त्री बादलको सांसद पदसँगै मन्त्री पद गुम्यो
५ बैशाख, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । संसद सचिवालयले आज सूचना निकालेर थापाको पद रिक्त भएको जानकारी गराएको हो । यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा पठाएको थियो ।
थापाको सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्न उहाँले संविधानअनुसार सपथ लिनुपर्ने हुन्छ ।







प्रतिकृया दिनुहोस