आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

रुपन्देहीमा सफल सवारी सेवाद्धारा दुईवटा मोवाइल एप्लिकेशन लन्च 

२ बैशाख, रुपन्देही । 

रुपन्देहीमा सफल सवारी सेवाले दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि सेवाग्राहीको घर–घरबाटै यातायात सेवाको सुरुवात गरेको छ ।
उपत्यकामा पहिलेबाटै यो सेवा सञ्चालनमा रहेपनि रुपन्देहीमा पहिलो पटक सञ्चालनमा आएको हो । सजिलो सवारी र सजिलो सवारी चालक गरी दुईवटा एप्स लन्च गरिएको छ । यी दुई मोवाइल एपमार्फत् यात्रा गर्न गर्ने ब्यक्ती कहाँ जान चाहान्छन , भन्ने जानकारी गराएपछि यो एपमार्फत् बोलाएको ठाउँमा केही समयमै सवारी लिन आइपुग्नेछ । 
युवा विद्यार्थीहरु रेशम कार्की, विष्णु घिमिरे, रोशन खनाल, नविन राना, हिमाल शर्मा, खिमा अधिकारी र सुदन पाण्डेले १५ लाख लगानीमा सवारी सेवा सुरु गर्नुभएको हो ।
अहिलेसम्म साढे दुईसय चालकले सजिलो सवारी चालकमा आफ्नो नाम दर्ता गराईसकेको संस्थाका अध्यक्ष रेशम कार्कीले जानकारी गराउनुभयो । 
्कोभिडको बेलामा यातायात सेवा ठप्प हुँदा नागरिकले पाएको दुःखलाई मध्यनजर गर्दै यो अवधारणा अगाडि बढेको र अहिले आएर एप्लिकेशन तयार गरी सेवा शुभारम्भ गरिएको अध्यक्ष कार्कीले बताए ।
यसै अवसरमा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको भन्दै रुपन्देहीमा सुरु भएको सेवाले केही हदसम्म यो आवश्यकतालाई पूरा गरेको बताए । आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले अहिले घरघरमै इन्टरनेटसँग नागरिकको पहुँच पुगेकाले सजिलो सवारी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने बताए ।
 

प्रतिकृया दिनुहोस