आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

नेपाल मजदुर किसान पार्टीको पुस्तक प्रदर्शनी भालुवाङमा सम्पन्न

२२ चेैत्र, भालुवाङ ।

नेपाल मजदुर किसान पार्टीले बुधबार लुम्बिनी प्रदेशको तम्घासबाट सुरू गरेको पुस्तक प्रदर्शनी आइतबार प्रदेश राजधानी भालुवाङमा सम्पन्न भएको छ ।
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा देशव्यापी पुस्तक प्रदर्शनी गर्ने अभियान अन्तर्गत उक्त प्रदर्शनी आयोजना गरिएको हो । बुधबार गुल्मीको सदरमुकाम तम्घासस्थित लाँकुरी मञ्च, बिहीबार अर्घाखॉचीको सन्धिखर्कस्थित शान्ति बगैंचा, शनिबार प्युठानको बिजुवारस्थित मित्रमणि चोक , आइतबार दाङको भालुवाङमा पुस्तक प्रदर्शनी आयोजना गरिएको थियो ।
शासक दलहरूले जनतालाई वैचारिक र सैद्धान्तिक रूपमा प्रशिक्षित गर्नुभन्दा भोजभतेर गरेर भिडको राजनीति गरिरहेको बेला नेमकिपाले पार्टी प्रकाशनहरूको प्रदर्शन तथा वैचारिक बहस र छलफललाई अगाडि बढाइरहेको छ । पुस्तक प्रदर्शनीमा स्थानीय युवा, विद्यार्थी, शिक्षक, किसान, मजदुर तथा बुद्धिजीवीहरुले उत्साहजनक सहभागीता जनाएका थिए ।
प्रदर्शनीमा नेमकिपाले आफ्नो स्थापनाकालदेखि प्रकाशित गरेका सैद्धान्तिक, राजनीतिक, सांस्कृतिक र विश्व कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित झण्डै ६० पुस्तक एवं पत्रपत्रिकाहरुको प्रदर्शन र बिक्री वितरण भएको थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० द्वारा लिखित नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका खोटा विचारहरुको खण्डन, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, समाजवाद र सान्दर्भिक विषयवस्तु लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका पुस्तकहरुको बिक्री भएको बताइएको छ ।
नेमकिपाको घज्ञऔं परिषद लगत्तै सम्पन्न नेमकिपा प्रदेश समितिको बैठकले प्रदेशका सबै जिल्लाहरूमा पुस्तक प्रदर्शनी गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस