आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

 जनज्योति क्लब बिजयी

 

फाल्गुण ८ गते

तिलोत्तमा १३ मा जारी सातौ न्य सिर्जना नक आउट फटवल प्रतियोगीता २०८१ जारी छ ।  . दोस्रो दिनको खेल शुद्धोधन गाउपालिका खेलकुद  बिकास समिती भर्सेज जनज्योति  फुटबल क्लब तिलोत्तमा (४ डिङ्गरनगर बिच भएको खेलमा चिल्हिया प्रहरी  चौकी इन्चार्ज  बसन्तसिंह ठकुरीले   क्याटोगरी  नेशनल २ का मुख्य रेफ्री कृति सेनलाईफुटबल   हस्तान्तरण  गरि खेलको शुरूवात  गर्ने गर्नु भएको थियो।  
खेलको  पहिलो हाफको २३ औं मिनेटमा शुद्धोधन गाउँपालिका का खेलाडी जर्सी नं ९ बलराम न्यौपानेले १ गोल गर्दै अग्रता दिलाएका थिए  । पहिलो हाफ सम्म शुद्धोधन गाउपालिका १ गोलले लिड गरेको थियो  भने जनज्योति  फुटबल क्लब का खेलाडी  जर्सी नं ८ मिसन दर्लामीले  दोस्रो हाफको १७औं मिनेटमा १ गोल गर्दै  खेल लाई बराबरीमा ल्याएका थिए । भने खेलको २७औं मिनेटमा  जनज्योति फुटबल  क्लबकै खेलाडी जर्सी नं ६१ रोहन राई ले १ गोल गर्दै २(१ ले अग्रता लिदै आफ्नो क्लब जनज्योति फुटबल  क्लबलाई बिजयी गराउन सफल भएका छन। 

खेलको म्यान अफ द म्याच जनज्योति फुटबल  क्लब डिङ्गरनगर का खेलाडी  जर्सी नं ८ मिसन दर्लामी म्यान अफ द म्याच घोषित भएका छन। सो खेलाडीलाई म्यान अफ द म्याच को ट्र्फी ,नगद सम्मान  न्यु सृजना युवा क्लब का संरक्षक  क्याप्टेन नरजंग गुरुङ ज्युले हस्तान्तरण  गर्नु भएको थियो।   फागुन ९ गतेको खेल झरना स्पोर्ट्स क्लब तिलोत्तमा (६ कुन्जलापुर भर्सेज सिद्धार्थ क्लब तिलोत्तमा (१ चपरहट्टी बिच दिउँसो  ३ ः०० बजे न्यु सृजना युवा क्लब को खेल मैदानमा  हुने जानकारी  क्लबका वरिष्ठ सल्लाहकार तथा प्रतियोगिता का खेल प्रचारप्रसार  प्रमुख धन बहादुर चौधरीले जानकारी  गराउनु भयो। 

प्रतिकृया दिनुहोस