तिलोत्तमामा भोली देखि ७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुदै
रुपन्देहीको तिलोत्तमा १३ करौजियामा भोली देखि ७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुदै छ ।
तिलोत्तमा नगरपालिका वडा नं १३ करौजिया निवासी स्व. उमा रेश्मी मगर को स्मृतिमा ७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुन गइहरको हो । तिलोत्तमा १३ करौजियमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगीताको सबै तयारी पुरा भएको क्लब का अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।
खेल संयोजक शेर बहादुर गुरुङ्ग ले प्रथम पुरस्कार रु .१ लाख २२ हजार ५सय नगद राशि सहित कप, मेडल र प्रमाणपत्र रहेको बताउनु भयो । यसैगरि द्वितीय पुरस्कार रु ६५ हजार नगद राशि सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहित कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद रु ५ हजार सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई नगद रु.५ हजार सहित कप, मेडल र प्रमाणपत्र , उदयमान खेलाडीलाई नगद रु.३ हजार सहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने संयोजक गुरुङले बताउनु भयो ।
यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारले सम्मान गरिने छ । तिलोत्तमा १३ करोजियामा रहेको न्यु सृजना युवा कल्बको खेल मैदानमा हुने प्रतियोगीता भोली दिउसो २ः३० बजेबाट सुरु हुने छ ।
।अनुशासन विकास र गतिशीलताका लागि खेल खेलौं स्वस्थ रहौं, राष्ट्र लाई टेवा पुर्याऔ भन्ने नारा सहित भोली देखि २४ गतेसम्म नकआउट फुटबल खेल हुदैछ ।







प्रतिकृया दिनुहोस