आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

स्काई कलेज तिलोत्तमाको आयोजनामा कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुँदै


तिलोत्तमा,माघ १९।

स्काई इण्टरनेशनल कलेज एण्ड रिसर्च सेन्टर तिलोत्तमाको आयोजनामा अन्तर(कलेज क्रिकेट प्रतियोगिता माघ २० गतेदेखि २८ गतेसम्म हुने भएको छ । तिलोत्तमा नगरपालिका–६ नवजिबन खेल मैदान १० नम्बर नया मिलमा आइतबारदेखि खेल सुरु हुन लागेको हो ।

स्काई कलेजले पहिलो पटक आयोजना गरेको प्रतियोगिता ९ दिनसम्म चल्नेछ । प्रतियोगितामा २२ कलेजका २४ टिम सहभागी हुने आयोजक स्काई कलेजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।आइतबार बिहान ८ बजेदेखि संचालन हुने खेलमा पहिलो खेल गरिन प्लान्ट देवदह र क्यानन कलेज बुटवलबीच हुनेछ। आकर्षक खेलमैदानमा हुने क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनीहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल आयोजना गरिएको स्काई कलेजका डाइरेक्टर सञ्जीव भण्डारीले बताउनुभएको छ।

प्रतियोगिता विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।खेल १० ओभरको हुने छ भने टेनिस बलले खेलाइने आयोजकका तर्फबाट खेल संयोजक बिबस पाण्डेले बताउनुभएको छ । खेलको चिट्ठा थुत्ने र टाइसिटको भर्चुवल प्रबिधिबाट गरिएको थियो।

प्रतिकृया दिनुहोस