ब्राह्मण समाज रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न
ब्राह्मण समाज रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न
ब्राह्मण समाज नेपाल तिलोत्तमा ६ रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न भयको छ।कार्यक्रम तिलोत्तमा ६मा अवस्थित श्री पन्चरत्न गिता मन्दिरको हलमा सप्पन्न भयको हो। कार्यक्रम लाई सम्बोधन गर्नुहुदै यस कार्यक्रमका प्रमुख अतिथी बैद्दिक धर्म परिषद केन्द्रीय महासचिव पार्वती भन्डारिले , ब्रह्मण भनेको के हो यसको हिजोको अवस्था के थियो र आज कुन अवस्थामा गुज्रिरहेको छ भन्ने कुरा प्रष्ट पार्दै बिपरित दिशातिर गइरहेको हिन्दुधर्म सस्कृती तथा ब्रह्मणको मुल्य मान्यता ले भोलि समाज अनि सन्ततिहरुले नराम्रो गति लिन सक्ने कुराको चेतावनी दिदै धर्म, सस्कृती, सद्भाव ,सदबिचारको सरक्षण गर्न जरुरी रहेको कुरा बताउदै ब्रह्मण समाजको माध्यमबाट नै यो सम्भव हुने कुरामा जोड दिनुभयो। कर्यकममा समाजका अध्यक्ष यज्ञमुर्ती जैशिले आफ्नो अध्यक्षको प्रतिबेदन र मन्जु अधिकारिले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयको थियो। कार्यक्रममा ब्राह्मण समाज नेपालका जिल्ला अध्यक्ष टोपलाल भुसाल , ब्रह्मण समाज नेपालका जिल्ला उपाध्यक्ष आत्मराम पान्डे, ब्रमण समाज नेपालका केन्द्रीय सदस्य कालिदास न्यौपाने , यसै समाजका नगर अध्यक्ष तथा बैद्दिक धर्म परिषद रुपन्देही जिल्ला अध्यक्ष छत्रराज गौतम , यसै समाजका तिलोत्तमा नगर सचिव बामदेब खनाल, आनन्दवन टोल बिकास समितिका अध्यक्ष छबिलाल भन्डारी , नगर सदस्य टिकाराम खनाल लागयतले मन्तब्य राख्नुहुदै हिन्दुधर्मको मूल्य मान्यतालाइ बचाउन र संरक्षण गर्नको लागि ब्राह्मण समाज बलियो र शसक्त भयर लाग्नुपर्ने कुरामा सबैले एउटै किसिमको धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा ब्राम्हण समाज नेपाल तिलोत्तमा ६ का सल्लाहकारहरु , दिनानाथ ढकाल,यमुना धिताल,राजु भुसाल ,लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा समाजका उपाध्यक्ष पिताकुमारी बस्ताकोटीले स्वागत मन्तब्य राख्नुभयको थियो भने कार्यकम सन्चालन समाजका सचिव तेजप्रसाद पौडेलले गर्नुभयको थियो







प्रतिकृया दिनुहोस