आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप’ हुदै

तिलोत्तमा । तिलोत्तमा फुटबल एकेडेमीले प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप प्रतियोगिता आयोजना गर्ने भएको छ । तिलोत्तमा नगरपालिका संरक्षक रहने गरी एकेडेमीले आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप–२०७८’ आयोजना गर्न लागेको हो।
तिलोत्तमामा व्यवसायीक रुपमा फुटबल प्रशिक्षणको सञ्चालन गर्न लागिरहेको एकेडेमीले विगतका वर्षहरुमा ‘पनि मेयर कप’ तथा ‘वडा कप’ आयोजना गर्दै आईरहेको छ । नकआउटका आधारमा खेलाइने प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुने छ । खेलमा सहभागीताका लागि ३ हजार ५ सय प्रवेश शुल्क राखिएको प्रतियोगिता आयोजना गर्न ७ लाख ५० हजार बढी खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा हुने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरवार्डर, उत्कृष्ट मिड फिल्डर तथा म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रशिक्षणका लागि तिलोत्तमा–४ विष्णुपुरमा रहेको ज्ञानगंगा पाठशालासँग ३ वर्षका लागि सम्झौता गरिएको छ भने विद्यालय नजिकै रहेको ८ कट्ठा जमिन लिजमा लिएर खेल गतिविधि सञ्चालन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०का प्रशिक्षक यम गुरुङ मूख्य प्रशिक्षकका रुपमा रहने एकेडेमीमा मासिक १२ हजार शुल्क तिरेर विद्यार्थीहरुले प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।
विभिन्न जिल्लाका १६ टिम सहभागी हुने भनिएको प्रतियोगिताको विजेताले रु ५० हजार ५५० नगद राशीसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले २५ हजार ५२५ नगद राशी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीमा अध्यक्ष तिलक नेपालीले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस