आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

श्री पश्चिम पहुनी मा विमा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा निशुल्क आखाँ शिविर सम्पन्न

 

पार्वती थारु,
तिलोत्तमा,भदौ ७ गते 

श्री पश्चिम पहुनी माध्यमिक विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । रुपन्देहीको तिलोत्तमा ६ पुर्व पहुनीमा अविस्थत यस  विद्यालयले नर्सरी  देखि कक्षा१० सम्मको नतिजा  शुक्रबार  प्रकाशन गरेको हो । विद्यार्थीका अभिभावकले नतिजा  हेर्दै नतिजा धेरै राम्रो रहेको बताएका  थिए । अभिभावकको प्रतिकृया लाई सुन्दै विद्यालयका प्रध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा प्रगतिशिल कार्य गरिरहेको बताउनु भयो । 
यसैबीच  जिवनको ज्योति आँखा भएकोले विद्यालयमा निशुल्क दृष्टि परिक्षण शिविर पनि सम्पन्न  भएको छ । विद्यार्थीको पढाइ लेखाइ मात्र नभएर जिवनको अति संवेदनशिल  अंग आँखा भएकोले त्यसको समयसमयमा चेकजाँच गर्नुपर्ने  र आँखालाई सुरक्षित  राख्नु पर्ने विशेषज्ञहरुले बताएका थिए । 

निशुुल्क आँखा शिविरबाट ३ सय ५९ जनाले लाभ लिएका थिए । नेपाल रेडक्रस सोसाईटी मणिग्राम  उपशाखाको समन्वय र श्री कृष्ण नेत्रालय प्रा लि सिद्धार्थनगर भैरहवाको आयोजनामा शिविर गरिएको थियो । सोसाईटीका सभापति टेकबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
यसैगरि मेरो सेकेन्ड टिचर नेपालका लिलाधर रिमाल, श्री कृष्ण नेत्रालयका  मोलह गुप्ता , विद्यालयका प्र.अ. दुर्गा  नारायण  श्रेष्ठ, सह प्र.अ. पुण्य वहादुर वगाले,शिक्षक दिपेश पन्थ लगायत  शिक्षक विद्यार्थीहरुको  सहभागिता रहेको थियो।  सोसाइटीका सदस्य रुकु पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो  भने  पश्चिम पहुनि जुनियर तथा रेडक्रस  सर्कलका शिक्षक नायक इन्दिरा गिरिको सन्चालनमा कार्यक्रम  सम्पन्न  भएको  थियोे  ।

प्रतिकृया दिनुहोस