तिलोत्तमा एफ.एम ९६.४ मेघाहर्ज सातौ वर्षमा प्रबेस
रेडियो को बार्षिक उत्सब
तिलोत्तमा एफ.एम ९६.४ मेघाहर्ज सातौ वर्षमा प्रबेस
मिडिया ब्रोकास्टिङ कम्पनीद्वारा संचालति तिलोत्तमा एफ.एम ९६.४ मेगाहर्ज आज देखि छैठौ पुरा गरी सातौ वर्षमा प्रवेश गरेको छ । रुपन्देहिको तिलोत्तमा ५ मा अवस्थित तिलोत्तमा एफ.एम ले आज भन्दा ६ वर्ष अगाडी आज कै दिन देखि सूचना प्रविधीको क्षेत्रमा प्रवेश गरि छुट्टै पहिचान बनाउने उदेश्यका साथ श्रोता माझ आफ्नो बेग्लै पहिचान बनाउदै अगाडी बढिरहेको छ । आजको युग सूचना प्रविधीको युग त्यसमा पनि इन्रनेटको अत्यधिक प्रयोगका कारण रेडियो सुन्ने श्रोता कम हुदै गएको यो अवस्थामा रेडियोलाई टिकाई राख्नु हाम्रा लागि निकै चुनौतीपुर्ण कार्य भएको छ । यस्तो अवस्थामा पनि तिलोत्तमा एफ.एम ले श्रोताको मन जित्न सफल भइरहेको छ । रुपन्देही जिल्लामा सचालति रेडियोहरु माझ तिलोत्तमा एफ.एम एउटा छुट्टै र नयाँ प्रविधीबाट संचालित एक प्रतिस्पर्धी रेडियो हो । तिलोत्तमा एफ.एम ले बिहान ५ बजे देखि बेलुका १० बजेसम्म दैनिक १८ घण्टा सूचना मनोरञ्जन साथै समाचारमुलक कार्यक्रम प्रस्तुत गर्दै आएको छ । आज इन्टरनेटको पहुचका कारण विभिन्न सोसल मिडियाले गर्दा रेडियामा श्रोताको चाख कम हुदै गएको हो की भन्ने विषय चर्चा हुदै गर्दा हामी गौरवका साथ के भन्न सक्छौ भने हामीले हाम्रो रेडियोमा हामीलाई माया गर्ने श्रोताको कमि हुन दिएका छैनौ । यस्को तथ्य हामीलाई हाम्रो रेडियोमा दैनिक आउने फोन कलबाट पनि प्रष्ट हुन्छ । अब पनि रेडियो कस्ले सुन्छ र भनेर नाख खुम्चाउन थालिएको आजको अवस्थामा हामीले बजारलाई रेडियो सुन्न लायक बनाएका छौं । तिलोत्तमा एफ.एम निजी लगानीबाट संचालित तिलोत्तमा नगरपालिकाको कान्छो रेडियो हो । यस रेडियोले आजकाश्रोताको चाखलाई मध्यनजर गर्दै हरेक खालका कार्यक्रमश्रोता समक्ष पस्कीदै आएको छ । तिलोत्तमा एफ.एमले हरेक चुनौतीको सामना गर्दै भोलीका दिनमा पनि श्रोतालाई पहिलो प्राथमकितामा राख्ने छ ।
मणिग्राममा अवस्थित तिलोत्तमा एफ.एम रुपन्देहि जिल्ला र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा सुन्न सकिन्छ । यस रेडियोले स्थानिय सरोकारका विषयलाई पनि प्राथमिकतामा राख्दै त्यस खालका कार्यक्रम संचालन गर्दै आएको छ ।
सोसल मिडयिामा भुलिरहेका हाम्रा श्रोताका लागि हामीले चाखलाग्दा विषयवस्तु तयार गर्नुछ । हामीलाई माया गर्ने विज्ञापन दातालाई उनहिरुको बजार प्रवद्दन गर्ने माध्यम बन्नु छ । धेरै रेडियोहरुको भिडमा हामीले हाम्रो बेग्लै खालको पहिचान बनाइराख्नु छ । हामीलाई प्रतिस्पर्धाका नाममा मिडियाको कानुन विपरित कार्य गर्नु कदापी छैन । हामी सहि तथ्य र निश्पक्ष सूचनाका पक्षामा छौ । हामी हाम्रा श्रोतालाई सधै सर्वोपरि ठान्दै आएका छौ र ठान्ने दृण संकल्प गर्छौ । मिडियाको काम सधै सत्यको पक्ष र अन्यायका विरुद्दमा लाग्ने भएकाले हामी त्यहि बाटोमा सधै लम्कीरहने छौं । हामीलाई भिडसंग अस्वस्थ प्रतिस्पर्धा गरेर लड्नु छैन । हामी आफ्नो सहि मार्ग पहिचान गरि अगाडी बढिरहने छौं । रेडियोलाई नयाँ ढंगले संचालन गर्दै तपाई श्रोताका लागि नयाँ स्वाद पस्कदै जाने छौं ।
हामीले हाम्रो काम निश्पक्ष रुपमा गर्नका लागि तपाई श्रोता र शुभचिन्तकको सधै खाचो रहिरहने छ । आज मिडियाको व्यापक विकास र विस्तारसंगै इन्टरनेटका कारण धेरै रेडियोहरु पलायन हुने अवस्थामा पुगेका छन् । रेडियोलाई आजको अवस्थामा बाच्न निकै कठिन अवस्था छ । बजारबाट विज्ञापन नआउने र स्थानीय तह , नगरपालिका र प्रदेस ले रेडियो लाइ समानुपातिक रुपमा कार्यक्रम तथा सूचना हरु नदिने तथा पहुच र चाकडी को आधार मा मात्र कार्यक्रम तथा बिज्ञापन हरु अन्य मिडिया हरु लाइ दिने गरेका कारण पनि हामीलाई पनि हाम्रो साख बचाइराख्न निकै चुनौतीपुर्ण छ । तिलोत्तमा एफ.एम तपाई जस्तो हामीलाई माया गर्ने श्रोता, विज्ञापन दाता तथा शुभन्तिकका कारण बाचीरहेको छ । यो रेडियो बाँचीरहन तपाईको साथ तथा सहयोगको खाँचो सधै रहिरहने छ । तपाईको साथ सहयोगले तिलोत्तमा एफ.एम तपाईको रेडियो सेटमा तपाई कै विषयवस्तु पस्कदै सधै घन्कीरहनेछ । र अन्त्यमा हाम्रा प्रिय श्रोता , हाम्रा विज्ञापन दाता तथा हामीलाई माया गर्ने शुभचिन्तक प्रति आभार प्रकट गर्दै तिलोत्तमा एफ.एम पाँचौ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको सुनाउन पाउँदा हामी हर्षित छौं ।







प्रतिकृया दिनुहोस