आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

तिलाेत्तमा नगरपालिकामा शैक्षिक गुणस्तर अनुरुप शिक्षामा विकास हुन सकेन

तिलाेत्तमा नगरपालिकाकाे कार्यालयले  सार्वजनिक विद्यालयकाे शैक्षिक  गुणस्तर  मापनकाे मापदण्डअनुसार  काम  गरेकाे छैन । राष्ट्रिय शिक्षा नीति २०७६ मा विद्यालय शिक्षालाई गुणस्तर  युक्त बनाउन स्थानीय  तहबाटै नियमित अनुगमन, निरिक्षण र सुपरिवेक्षण गरि प्रतिवेदन सार्वजनिक  गर्नुपर्ने  व्यवस्था   रहेकाे छ । तर तिलाेत्तमा नगरपालिकाले साे अनुरुपको  काम गरेकाे छैन ।  मापदण्डअनुसार अनुगमन , निरिक्षण र सुपरिवेक्षण  नहुदाँ सामुदायिक  विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि  हुन सकेकाे छैन । मात्र  उच्च  ग्रेड कसरी ल्याउने  र पास कसरी हुनेमा मात्र  शिक्षा केन्द्रित भएको  छ । यसले विद्यार्थीको व्यवहारिक ज्ञानमा अवराेध गरेकाे छ । 
यसैगरि विद्यालय भाैतिक पुर्वाधार विकास कार्यक्रम  स्वीकृत गरि तयार गर्नुपर्ने , स्वीकृत कार्यक्रम  र सम्झाैता अनुसार अनुदान उपलब्ध  गराउनु पर्ने र अनुदान  निकासा अनुरुप नै पुर्वाधार निर्माण  भए नभएकाे एकिन गर्नुपर्नेमा विद्यालय भाैतिक पुर्वाधार विकास कार्यक्रम  गरिएको  पाईदैन ।  

प्रतिकृया दिनुहोस