आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना  संक्रमण पुष्टि

 बैशाख १२

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । नया संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९२४ पुगेको छ । आज मृत्यु हुनेको संख्या सुन्य रहेको  छ ।
 

प्रतिकृया दिनुहोस