वृहत कार्यकर्ता भेला सम्पन्न
नेपाली कांग्रेस तिलोत्तमा नगर वार्ड न, ६कोे वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ ।नेपाली कांग्रेस तिलोत्तमा नगर वार्ड न, ६ द्धारा आयोजित महीला परीचालन समिती गठन तथा तरुण परिचालन समिती गठन एबं वृहत कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जिल्ला सभापती राम कृष्ण खांडको प्रमुख आतीथ्यतामा भयको उक्त कार्यक्रममा विशिष्ट अतीथीमा रुपन्देही जील्ला संघीय क्षेत्र न २ का सभापती हरी लम्साल ,नेपाली कांग्रेस महासमीती सदस्य रोमणी प्रसाद पाठक त्यस्तै महासमीती सदस्य बाला घमिीरे रहनुभएको थियो ।
जिल्ला सभापती खांड लगायतका ब्यक्क्तीत्वहरुले कार्यक्रममा बोल्दै,एक आपसमा एकता कायम गरी ,आइपरेका जस्तोसुकै परीस्थीतीसंग जुध्दै चुनाबमा जित हासिल गर्नुपर्छ र अरुले अधुरै छोडेका कामहरु पुरा गरी जनताले चाहे अनुरुप का सेवा सुवीधा प्रदान गर्ने प्रतिबद्धता साथै मुलुक र जनता लाई अप्ःठयारो पर्दा कांग्रेस नै चाहिन्छ भन्दै पार्टी जागरुक बनेर अस्ताएका परीवेशहरुलाइ ब्युझाउन कांग्रेस आउनेछ भन्ने हठ ब्यक्त गर्नुभएको थियो ।चुनाविय माहोल र प्रचारप्रसारको वातावरण सृजनाको लागी गरीयको उक्त भेलामा उल्लेखीय उपस्थीती रहेको थियोे । नेपाली कांग्रेस वार्ड कार्यसमिती का सभापती युवराज भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।







प्रतिकृया दिनुहोस