आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

आज विश्व रेडियो दिवस  

१ फागुन, तिलोत्तमा ।
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । 
त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो । 
अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । 

प्रतिकृया दिनुहोस