शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त
१९ बैशाख , बुटवल ।
लुम्बिनी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री पोखरेलले आजै बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
राजिनामा दिएको केही समयमा नै उहाँलाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो ।







प्रतिकृया दिनुहोस