आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड भन्दा धेरै

२१ वैशाख

भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड भन्दा धेरै भैसकेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ करोड नाघेको हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड २ लाख ८२ बयासी हजार ८ सय ३३ पुगेको छ । 
आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका थिए । शुक्रबार भने एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । जुन भारतमा महामारी सुरु भएयताकै बढी हो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ अठासी जना संक्रमित भएका थिए ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४९ उन्नपचास जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसको संक्रमणका कारण मृत्यु हुने को संख्या २ लाख २२ हजार ४ सय ८ पुगेको छ ।भारतमा अहिलेसम्म करिब १ करोड ६६ लाख १३ हजार संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस