आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

भारतको गुजरात राज्यको एक अस्पतालमा आगलागी, २ नर्स र १६ कोरोना संक्रमित गरि १८ को मृत्यु

१८ बैशाख एजेन्सी । 
भारतको गुजरात राज्यको भरुच अस्पतालमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा सेवारत दुई नर्ससहित १६ कोभिड–१९ सङ्क्रमित विरामी रहको भारतीय समातचार माध्यमहरुले बताएका छन् ।
एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।
स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे । उनले भने, “आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।” उक्त घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

प्रतिकृया दिनुहोस